९. समितिको कोषः
(१) समितिको एउटा छुटृै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संस्थाबाट चन्दा वा सहायता स्वरुप प्राप्त रकम,
(ग) अन्तराष्ट्रिय सङ्घ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट सहयोग स्वरुप प्राप्त रकम,
(घ) समितिले उपलब्ध गराएको सेवा सुविधामा लगाइने सेवा शुल्क बापत प्राप्त रकम,
(ङ) भक्तजन तथा तिर्थालुद्वारा दान वा मन्दिरमा चढाएको भेटी स्वरुप प्राप्त रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिले उपदफा (१) बमोजिमको कोषमा रहने रकम समितिले तोकिदिएको नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) समितिको कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक र समितिको लेखा सम्बन्धी काम गर्ने प्रमुख कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।
(६) समितिको कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।